• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

मेयर शाहसँग तत्काल स्पष्टीकरण नलिन उच्च अदालतको अन्तरिम आदेश



काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।

उच्च अदालत पाटनले प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

मंगलबार न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्शापास बिना निर्माण भइरहेको भन्दै त्यहाँस्थित फेन्सिङ तार लगायतका सामग्री नियन्त्रणमा लिएको थियो ।

प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै मेयर बालेनसँग स्पष्टीकरण माग गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध बालेनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।