५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानलाई हरायो



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पारजित गरेको हो ।

नेपाललाई जित दिलाउन एकमात्र निर्णायक गोल आशिष चौधरीले गरे । उनले ७९ औं मिनेटमा गोल गरेका हुन् । लाकेन लिम्बुले वान टचमा उपलब्ध गराएको बललाई आशिषले डी–बक्सबाहिरबाट वान टचमै गोल गरे । आशिषको नेपालका लागि यो पहिलो गोल हो ।

६१ औं मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर गुमाए । नवयुग श्रेष्ठले दिएको पासलाई उनले अघि बढाउँदै गोल गर्न लाग्दा उनको प्रहारलाई पाकिस्तानका गोलरक्षक युसुफ बटले विफल पारे । उनले एक दिशा च्यापेर प्रहार गरेको खण्डमा गोल हुन सक्ने सम्भावना थियो ।

६७ औं मिनेटमा नेपाल अभागि सावित भयो । देवेन्द्र तामाङले फ्रिकिकबाट प्रहार गरेको बल पाकिस्तानको गोलपोस्टको बारमा लाग्न पुगेको थियो ।

७२ औं मिनेटमा नेपालले पुनः फ्रिकिकबाट नै गोल गर्न खोज्दा पोस्टबार नै तघारो बन्यो । नेपालका एरिक बिस्टले लङ रेन्जबाट प्रहार गरेको बल दाहिने पोस्टबारमा ठोक्किएर बाहिरिन पुग्यो ।

जितसँगै नेपालले अन्तिम खेलमा ३ अंक जोडेको हो । यद्यपि, नेपाल र पाकिस्तान दुबै टोली नकआउट चरणबाट बाहिरिसकेका छन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो । नेपालसँग पराजित भएसँगै पाकिस्तान जारी साफ च्याम्पियनसिपमा जितविहिन रह्यो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।




भर्खरै