२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०६ वर्षीया ‘हजुरआमा’ले दौडमा जितिन् स्वर्ण पदक



अ+ अ-

एजेन्सी । भारतको हरियाणाको चरखी दादरीमा बस्ने १०६ वर्षीया ‘उडनपरी दादी’ फेरि एकपटक चर्चामा छिन् । युवरानी महेन्द्र कुमारीको सम्झनामा सोमबारदेखि देहरादुनमा १८औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप सुरु भएको छ ।

दुई दिने प्रतियोगितामा विभिन्न राज्यका ५ वर्षदेखि १०६ वर्षसम्मका ८ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।

सोमबारको प्रतियोगिताको मुख्य आकर्षण हरियाणाको चरखी दादरी निवासी १०६ वर्षीया हजुरआमा रमाबाई थिइन् । उनले फेरि एक पटक आफ्नो आकर्षणले सबैलाई चकित पारिन् । उनले १००, २०० मिटर दौडमा सहभागी भएर स्वर्ण पदक जितिन् । उनले सटपुट इभेन्टमा आफ्नो दमदार प्रदर्शनले सबैलाई चकित पारिन् ।

बडोदरामा भएको राष्ट्रिय स्तरको एथलेटिक्स च्याम्पियनसिपमा रमाबाईले १०० मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाइन् । रमाबाईले १०० मिटर स्प्रिन्ट दौड ४५ः४० सेकेन्डमा पूरा गरेर नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि यो कीर्तिमान ७४ सेकेन्डमा दौड पूरा गर्ने मान कौरको नाममा थियो ।

चरखी दादरी जिल्लाको कदमा गाउँकी रमाबाईले राष्ट्रिय स्तरको एथलेटिक्स च्याम्पियनसिपमा आफ्ना ३ पुस्तासहित १००, २०० मिटर दौड, रिले दौड, लङ जम्पमा ४ स्वर्ण पदक जितेर इतिहास रचेकी छन् ।

यसअघि सन् २०२१ नोभेम्बरमा भएको प्रतियोगितामा उनले ४ स्वर्ण पदक जितिन् । रमाबाई गाउँकी सबैभन्दा जेठी महिला हुन् र सबैले उनलाई उडनपरी पड्डी (हजुरआमा) भनेर बोलाउँछन् । रमाबाईलाई सामान्यतया खेतमा र गाउँमा घरमा काम गरिरहेको देखिन्छ । उनी पूर्णतया स्वस्थ छिन् र यो उमेरमा पनि दैनिक ५ देखि ६ किलोमिटर दौडिन्छिन् ।

१ जनवरी १९१७ मा जन्मिएकी कदमा गाउँकी रमाबाई एक वृद्ध एथलेटिक्स खेलाडी हुन् । उनले नोभेम्बर, २०२१ मा वाराणसीमा आयोजित मास्टर्स एथलेटिक मीटमा भाग लिएकी थिइन् । १०५ वर्षको उमेरमा पनि बुढेसकालको पर्वाह नगरी खेलकुदलाई जीवनको हिस्सा बनाएर मिहिनेतका साथ अगाडि बढिरहेकी छिन् ।

बृद्ध खेलाडी रमाबाईले मैदानको कच्ची बाटोमा खेलकुद अभ्यास गर्छिन् । उनी बिहान ४ बजे उठेर दिनको सुरुवात गर्छिन् । नियमित रूपमा दौडने र हिंड्ने अभ्यास गर्छिन् । यसबाहेक उनी यो उमेरमा पनि ५–६ किलोमिटर दौडिन्छिन् ।

सामान्यतया, ८० वर्षको उमेरमा पुग्दा, अधिकांश मानिसहरूले खाट (ओछ्यान) समात्छन् । अर्थात् हिँड्न गाह्रो हुन्छ । तर, रमाबाईले भने १०५ वर्षको उमेरमा पनि खेलकुदमा सहभागी भई उदाहरण बसालिन् । उनी पूवा, दही खाने र दूध पनि धेरै पिउने गर्छिन् । रोटी वा पूवामा दैनिक २५० ग्राम घिउ र आधा केजी दही दैनिक उनको आहारमा समावेश गरिन्छ ।

कादमाकी रामबाईको पूरै परिवार खेलकुदमा नाम कमाइरहेको छ । उनकी ६२ वर्षीया छोरी सन्त्रादेवीले रिले दौडमा स्वर्ण पदक जितेकी छन् । रामबाईका छोरा ७० वर्षीय मुखत्यार सिंहले २०० मिटर दौडमा कास्य पदक जितेका छन् । छोरा वधु भटेरीले पनि रिले दौडमा स्वर्ण र २०० मिटर दौडमा कास्य पदक जितेर गाउँ र प्रदेशको नाम कमाएका छन् ।