१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीबाट स्पष्ट जवाफ नआए सदन चल्दैन– रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णय खारेज नभएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालय नै खारेज गर्ने विषयमा अर्थमन्त्रीको गोलमटोल जवाफ स्वीकार्य नभएको बताए । ‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्रीज्यूलाई यस विषयमा स्पष्ट पार्न रुलिङ होस्। हामी सदनलाई गरिमामय ढंगबाट अगाडि बढाउन तयार छौँ।’, उनले भने, ‘सत्तापक्षकै सांसदहरूले ठिक छैन भनिराख्नुभएको छ। तर, उहाँहरूलाई पास गर्नुपर्ने बाध्यता छ। उहाँहरूको बाध्यताको शिकार यो देशको लोकतन्त्र चढ्दैन।’

सभापति लामिछानेले संवैधानिक आयोगको क्षेत्राधिकारलाई सिडिओ कार्यालयमातहत ल्याउँदा निर्वाचनको निष्पक्षतामा आशङ्का उत्पन्न गराएको भन्दै यो संवेदनशिल विषय भएको बताए।