५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम



अ+ अ-

एजेन्सी । सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ भने आयरल्याण्ड र स्विट्जरल्याण्ड क्रमशः द्वितीय र तृतीय स्थानमा उभिएका छन् ।

विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सार्वजनिक गरेको पछिल्ला वरीयतामा सिङ्गापुर एक स्थान तल झरेको छ ।

गत साता आईएमडीको वल्र्ड कम्पिटिटिभनेस सेन्टर (डब्लुसीसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा ६४ वटा अर्थतन्त्रमध्ये सिङ्गापुर चौथो स्थानमा रहेको जनाएको छ । सन् २०१९ र २०२० मा पहिलो स्थानमा रहेको गणतन्त्र सन् २०२१ मा पाँचौँ स्थानमा रहेको थियो ।

डब्लुसीसीले दीर्घकालीन मूल्य सिर्जना हासिल गर्नका लागि आफ्नो दक्षतालाई कसरी व्यवस्थापन गर्दछ भन्ने आधारमा देशहरूको विश्लेषण र श्रेणीकरण गर्दछ । यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उत्पादकत्वका अतिरिक्त यसले उद्यमहरूले राजनीतिक, सामाजिक र सांस्कृतिक कारकहरूसँग कसरी सामना गर्छन् भन्ने बिषयलाई मूल्याङ्कन गरी सार्वजनिक गर्छ ।

शीर्ष १० मा नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेको छ भने ताइवान, हङकङ, स्वीडेन, अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) क्रमशः छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।

सन् २०१९ देखि २०२१ सम्म लगातार ४३ औं स्थानमा रहेको भारत तीन स्थान तल झरेर ४० औं स्थानमा रहेको छ । आईएमडीको रिपोर्टको आधारअनुसार भारतले सरकारी दक्षतामा सुधार गरेको छ । यद्यपि, व्यापार, पूर्वाधार र आर्थिक प्रदर्शनमा अन्य देशहरूको तुलनामा केही कमजोरी प्रदर्शन गरेका कारण ४० औँ स्थानमा उभिएको हो ।

विशेष गरी, भारतलाई विशेष अङ्क दिलाउन योगदान गरेका शीर्ष तीन उपायहरूमा विनिमय दरमा स्थिरता, क्षतिपूर्ति स्तर र प्रदूषण नियन्त्रणमा सुधार रहेको रिपोर्टमा बताइएको छ । सन् २०२३ मा भारतले आफ्नो उच्च जीडीपी वृद्धि कायम राख्ने, वित्तीय बजारको उतार चढावको सामना गर्ने, मुद्रास्फीति र वित्तीय घाटा नियन्त्रण गर्ने, डिजिटल रूपान्तरणलाई गति दिने र पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्ने जस्ता चुनौतीको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ को नतिजाले कोभिड–१९ को महामारीपछि खुल्न ढिला भएका अर्थतन्त्रले आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा कसरी सुधार देखिन थालेको छ भन्ने कुरा पनि उजागर गरेको छ । उदाहरणका लागि थाइल्याण्ड, इन्डोनेसिया र मलेसियाको वरियतामा सुधार आएको छ भने सुरुमै खुलेका स्वीडेन र फिनल्यान्डजस्ता अर्थतन्त्रहरू पछि परेका छन् ।

सन् २०२२ मा शीर्ष १० वरियता क्रममा यूरोपका पाँच मुलुक पर्न सफल भएका थिए । सन् १९८९ मा पहिलो पटक प्रकाशित आईएमडी वल्र्ड कम्पिटिटिभनेस इयरबुक (डब्लुसिवाई)एक विस्तृत वार्षिक प्रतिवेदन हो र देशहरूको प्रतिस्पर्धात्मकतामा विश्वव्यापी सन्दर्भ स्रोत हो ।