२६ श्रावण २०८३, मंगलवार
,
Latest
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको अभियोगमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा केही दिनपहिले पक्राउ गरिएको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडा नं ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई समेत समान बिगो माग गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस