• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

‘र’का पूर्वप्रमुख भन्छन्– बलिउडका जासुसी फिल्म देखेर हाँसो लाग्छ



एजेन्सी । रिसर्च एण्ड एनालिसिस विंग (आरएडब्लु– र) का पूर्व प्रमुख विक्रम सूदले भारतमा बनेका जासुसी फिल्मलाई निशाना बनाएका छन् ।

उनले भने, ‘हाम्रो देशमा जासुसी पृष्ठभूमि भएका चलचित्रहरू वास्तविकताभन्दा धेरै टाढा छन् । विक्रमले शाहरुख खानको स्पाई थ्रिलर ‘पठान’ नदेखेको र हेर्न नचाहेको बताए ।

‘र’का पूर्व प्रमुख भन्छन् कि हामी रमाइलोका लागि यस्ता फिल्म हेर्न सक्छौं तर सत्यतथ्य खोज्न गयौं भने निराश हुन्छौं । तर, विक्रमले भने कि उनले सलमान खानको २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ हेरेका थिए । यो फिल्म हेरेपछि आफू चर्को स्वरमा हाँसेको विक्रम बताउँछन् ।

द रणवीर शोमा कुरा गर्दै विक्रम सूदले यहाँ जासुसी चलचित्रमा कलाको अभाव रहेको बताए । उनले भने–मैले पठानलाई देखेको छैन र हेरेर समय बर्बाद गर्न चाहन्न । अझ राम्रो बनाउन सकिन्थ्यो ।

तपाई जेम्स बन्ड प्रकारको फिल्म बनाउन चाहानुहुन्छ, तर तथ्य यो हो कि यो आफैमा वास्तविकता फिल्म होइन । तपाईं आफ्नो फिल्ममा देखाउनुहुन्छ कि एक ‘र’ एजेन्ट आईएसआई केटीसँग खुशीसँग बसिरहेको छ । मतलब यो के हो ?

विक्रम यहाँ भन्न चाहन्छन् कि बलिउडमा जेम्स बोन्डको नक्कल गरेर फिल्म बनाइन्छ, जहाँ जेम्स बोन्ड आफैमा फिक्शन फिल्म हो ।

विक्रमले थप भने, ‘मैले सलमान खानको ‘एक था टाइगर’ देखेँ । मलाई त्यो फिल्मले मनोरञ्जन दियो । फिल्मको कथा के हो, फिल्मले के देखाउन खोजेको हो भन्ने कुरामा ध्यानै दिइनँ । मैले फिल्म हेरेँ र ठुलो स्वरले हाँसे ।’