२४ असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन तुइन खोलामा पहिरो रोकथाम सुरु नेप्से परिसूचक ३०.०९ अङ्कले घट्यो मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब तिन सन्तान जन्माउन पाउने



अ+ अ-

काठमाडौं। चीन सरकारले अब ३ जनासम्म सन्तान जन्माउन दिने भएको छ । सोमबार चिनले देशका सबै दम्पतीलाई बढीमा ३ जनासम्म सन्तान जनमाउन दिइने घोषणा गरेको हो । 

संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले अहिलेसम्म हरेक दम्पतीले २ जना मात्र सन्तान जन्माउन पाउने नियण गरेको थियो । पछिल्लो समय सार्वजनिक तथ्यांकले जन्मदर अत्यन्तै न्यून हुँदै गएको देखिएपछि चीनले आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको हो । 

राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले यो नयाँ नीतिलाई पारित गरेको चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । चीनमा पहिले जनसंख्या वृद्धिदर अत्याधिक भएपछि त्यसलाई नियन्त्रण गर्न दशकौंदेखि एक मात्र सन्तान जन्माउने नीति लागू गरिएको थियो । तर, यो नीतिले पछिल्लो समय जन्मदर अत्यन्तै न्यून भएको देखिएपछि २०१६ मा यो नीति खारेज गरेर दुई जना सन्तान जन्माउन पाइने नियम लागू गरिएको थियो ।

२ सन्तान जन्माउन पाइने नियम बनाउँदा पनि त्यहाँको जन्मदर निकै न्यून छ । चीनका सहरहरुमा बालबालिका हुर्काउने र अन्य खर्च अत्यन्तै बढी भएपछि त्यहाँका दम्पतीहरुले धेरै सन्तान जन्माउन चाहँदैनन् । जन्मदर बढ्न नसकेपछि अहिले चीनले ३ सन्तान जन्माउन पाइने नीति ल्याएको हो ।