२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट असन्तुलित भयो, बाटो छलेर हिँड्नुपर्ने स्थिति छ– सुदन किराँती



तस्बिर: रासस
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले बजेट सन्तुलित बनाउन नसकेकोप्रति माफी मागेका छन् ।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटको सीमाको कारणले धेरै कुरा अटाउन नसकिएको बताए ।

उनले बजेट असन्तुलित भएपछि बाटो छलेर हिँड्नुपर्ने स्थिति आएको उल्लेख गर्दै बजेटले सुख बाँड्नुपर्नेमा दु:ख बाँडेको बताए । ‘हाम्रो कुरा नीति तथा कार्यक्रममा किताबमा सबै अटाएनन् । अटाएको कुरा पनि बजेटको सीमाको कारणले कार्यक्रममा ढाल्नै सकिएन । सदाको झैं हाम्रो मन्त्रालयको सिलिङ बजेट जिरो थियो । धेरै योजना अटाउनै सकिएन ।’, किराँतीले भने, ‘सबैको चित्त प्रसन्न बनाउनै सकिएन । बाटो छलेर हिँड्नुपर्ने स्थिति छ । स्वाभाविक रूपमा बजेट असन्तुलित हुन गएको छ । त्यसका लागि म क्षमाप्रार्थी छु ।’