१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए



(सांकेतिक तस्बिर)
अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् ।

आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत भेटेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस