२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता संर्घष समितिका अध्यक्ष साफीसहित चारै दाजुभाइले पाए नागरिकता



अ+ अ-

काठमाडौँ । नागरिकता प्राप्तिका लागि संघर्षरत नागरिकता संघर्ष समितिका अध्यक्ष इन्जिनियर इन्द्रजित साफीसहित चार दाजुभाइले नागरिकता प्राप्त गरेका छन् ।

आमाबुबासँग जन्मसिद्धका नागरिकता भएका कारण उनीहरु नागरिकता प्राप्त गर्नबाट बञ्चित थिए । नागरिकता नपाएर लामो समयदेखि संघर्ष गरिरहेका इन्द्रजितका चारै दाजुभाइले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा पुगी वंशजको नागरिकता पाएका हुन् ।

३१ वर्षीय इन्द्रजित, २९ वर्षीय रञ्जित साफी, २२ वर्षीय छोटु साफी र २१ वर्षीय रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार नागरिकता उपलब्ध गराएको छ ।

इन्द्रजितका आमा सोनावती चार छोराहरु लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेकी थिइन् ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका थिए । लामो संघर्षपछि नागरिकता पाएको भन्दै इन्द्रजितले खुसी व्यक्त गरेका छन् ।