६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ: मन्त्री ज्वाला



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

मन्त्री ज्वालाले सो दूू्रतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्व बजेट व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टिकरण समेत दिनु भयो ।

मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँड असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरु उठेका छन । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाई भएको यथार्थताबारे माननीयज्यूहरु जानकार हुनुहुन्छ ।

समय र बजेट कटौतिको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दु:ख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु । नेपाल सरकारको निर्णय अनुसार काठमाडांै–निजगढ दू्रतमार्गको निर्माण कार्य नेपाली सेनाद्धारा दू्रतगतिमा अघि बढिरहेको छ । अवको निर्धारित समयमा निर्माण कार्य सक्नका लागि आगामी आर्थिक वर्षमा २२ अर्व बजेट विनियोजन पनि गरिएको छ । २०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात संचालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताउनु भयो ।