• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार



symbolic picture

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह आठ सय ८१ दशमलव ५६ र निर्जीवन बीमा समूह छ सय ६६ दशमलव ९७ अङ्कले बढेको छ । बैंकिङ समूह १२ दशमलव ७४, विकास बैंक एक सय ७४ दशमलव ६९, वित्त ९८ दशमलव ०९, होटल तथा पर्यटन ९३ दशमलव ५७, जलविद्युत् ४६ दशमलव ४४ र लगानी समूह एक दशमलव ७१ अङ्कले बढेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन समूह दुई सय ३७ दशमलव चार, लघुवित्त ६८ दशमलव २४, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार एक सय ३१ दशमलव २४ र अन्य समूह ७९ दशमलव ६२ अङ्कले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेस ९नेपाल० लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, एनएमबी–५०, सामलिङ्ग पावर कम्पनी लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा शुभम् पावर लिमिटेडको शेयर मूल्य छ दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४९ करोड ९० लाख ७३ हजार नौ सय २० बराबरको आठ लाख ४४ हजार चार सय ७७ कित्ता शेयर किनबेच भएको छ । रासस