१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाकामनामा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

चितवन । पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन् ।

बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको थियो । रासस