• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

पुरुष नै गर्भवतीः पेट फुलेको देखेर डाक्टरले बुझे ट्युमर, शल्यक्रियापछि जुम्ल्याहा बच्चा फेला



एजेन्सी । संसारमा हरेक दिन विभिन्न प्रकारका समाचार आउँछन् । तर के तपाईंले कहिल्यै पुरुष गर्भवती भएको सुन्नु भएको छ ? यस्ता घटना सुने वा थाहा पाएपछि पत्याउनै नसक्ने हुन्छ । विज्ञानसँग पनि यस्ता घटनाको जवाफ छैन ।

यसैबीच छिमेकी राष्ट्र भारतको महाराष्ट्रबाट निकै अचम्मको खबर बाहिर आएको छ । राज्यको नागपुरमा एक केटा गर्भवती भएको देखिन्थ्यो । शल्यक्रियापछि अहिले उनको पेटबाट यस्तो कुरा निस्किएको छ, जसको कल्पना पनि गर्न सकिँदैन । मानिसहरु अनौठो नजरले उनको फुलिएको पेटलाई हेर्ने गर्थे ।

मिडिया रिपोर्टका अनुसार यो घटना नागपुर निवासी सञ्जु भगतसँग भएको हो । यो कुरा थाहा पाएर डाक्टरहरु पनि अचम्ममा परेका छन् । भगतको बाल्यकाल एकदम सामान्य थियो, तर भगतको पेट अन्य बच्चाहरूको तुलनामा धेरै फुलेको थियो । उनले र उनका आफन्तले त्यता ध्यान दिएनन् तर बिस्तारै पेट बढ्दै गयो । त्यसपछि परिवारका सदस्यको चिन्ता बढ्यो ।

सञ्जु भगतको पेट यति फुल्यो कि मानिसहरूले उनलाई गर्भवती पुरुष भन्न थाले । आफ्नो फुलेको पेट देखेर भगतलाई अनौठो लाग्थ्यो तर सन् १९९९ सम्ममा पेट यति बढ्यो कि सास फेर्न गाह्रो भयो । यसपछि सञ्जुलाई अस्पतालमा भर्ना गरिएको थियो ।

बिरामीलाई ट्युमरको समस्या भएको चिकित्सकहरुले सोचेका थिए तर शल्यक्रिया गर्न पेट खोल्दा भित्रको दृश्य देखेर डाक्टरहरु छक्क परे । पेटमा ट्युमरको सट्टा अर्कै कुरा भएकोले यस्तो भएको हो । यो कुरा थाहा पाएर तपाईलाई विश्वास नलाग्न सक्छ ।

रिपोर्टका अनुसार डाक्टरहरूले पेटमा हात हाल्दा धेरै हड्डीहरू भेटिएका थिए । डाक्टरहरूले पहिले एउटा खुट्टा, त्यसपछि अर्को खुट्टा, कपाल, हात, बङ्गारा र शरीरका अन्य धेरै अंगहरू फेला पारे । यो घटना देखेर डाक्टरहरु छक्क परे ।

डाक्टरहरूले यो घटनालाई वेनिसिङ ट्विन सिन्ड्रोमको रूपमा वर्णन गरेका छन् । यसको मतलब यो हो कि जुम्ल्याहा बच्चाहरु गर्भावस्थाको समयमा मरेका थिए । तर ती पेटभित्रै रहन पुगे । यो घटना अत्यन्त दुर्लभ छ र पृथ्वीमा ५० लाख मानिस मध्ये एकमा हुने सम्भावना हुन्छ ।