२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध सर्वोच्चमा निवेदन



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

मेयर बालेनले अदालतको अवेहलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको हो । अधिवक्ता वर्षाकुमारी झाले पेस गरेको निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।

मेयर शाहले उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए ।

भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिन भनेर उच्च अदालत पाटनले आदेश दिएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अभिवक्ता झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन् ।