काठमाडौं । सरकारद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न एन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । सुर्तीजन्य पदार्थ सेवन, बक्री वितरण, प्रदर्शन गर्नलाई जरिवाना र सजाय तोकिदिएको छ । त्यसैले राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले यसबारे शिक्षासहितको सुचना सार्वजनिक गरेको छ ।
सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरे वापत १ सय रुपयाँ जरिवाना वा हाताबाट निष्काशन वा दुवै गरिने जनाइउको छ । त्यसैगरी कुनै पनि सञ्चार माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम, समाचार, सूचन सम्प्रेषण वा प्रयोजन गर्न १ लाख रुपयाँसम्म जरिवाना उपलब्ध गराउनु पर्ने जानकारी दिएको छ ।
१८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा निशुल्क उपलब्ध गराउन पाइने छैन । यदि यसो गरेको खण्डमा ती व्यक्तिले १० हजार रुपयाँसम्मको जरिवाना तिर्नु पर्नेछ ।
कुनै पनि पसलमा सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्नेलाई १० हजार रुपयाँसम्मको सजाय सुनाइएको छ भने फुटकर रुपमा चुरोट र बिडीँ वा सिगारको खिल्ली बिक्री वितरण गर्दा सोही रकम बराबरको जरिवाना हुनेछ । कसैले पनि निशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन समेत नपाइने भएकोले यसो गरेको पाइएमा १० हजार रुपयाँसम्मको जरिवाना भर्नु पर्नेछ ।
साथै कार्यलय वा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन निषेधको सुचना नटासिएको खण्डमा ५ हजार रुपयाँसम्म जरिवाना र सजाय व्यहोर्नु पर्नेछ । यस्तै सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य हुनुपर्नेमा सरकारले जोड दिएको छ । यति कसैसँग नभएमा १० हजार रुपयाँसम्म जरिवाना तिर्नु पर्छ ।












