८ पुष २०८१, सोमबार
,
Latest
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी ‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’ सहकारी ठगी आरोपमा वडा अध्यक्ष पक्राउ रोशीका वडाध्यक्ष लामाको निधन युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा छोरासँगै मृत भेटिएका हुलाक कार्यालयका हाकिम आचार्य बिदा लिएर खोटाङबाट आएका थिए सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्रागन बोट रेसः चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता



तस्बिरः कृष्ण दवाडी/रासस
अ+ अ-

पोखरा । पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कारसहित उपाधि हात पार्न सफल भयो ।

यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु सात लाख नगद पुरस्कार पायो । सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दौड ५३ सेकेन्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो ।

नेपाली टिम नाराले भने पाँच सय मिटरको दूरी दुई मिनेट २३ सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेन्डमा पार गर्दै उपविजेता भएको हो । ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिङ्गापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो ।

नेपालको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एशोसिइएसन ९एनआरसीए० चौथो भएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक–एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रूपमा थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ । रासस