२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषाक्त खाना खाँदा गिद्धको मृत्यु



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए ।

“गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो” संरक्षणकर्मी डिबी चौधरीले भन्नुभयो, “पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ ।” विषादीयुक्त खाना खाएर स्याल मरेको र सोही स्यालको सिनो खाएका कारण गिद्धको मृत्यु भएको पाइएको छ ।

“गिद्ध संरक्षणमा विषादी प्रयोग चुनौतीपूर्ण बनेको छ”, चौधरीले भन्नुभयो, “यस क्षेत्रमा गिद्ध मरको चार महीनायता यो दोस्रो घटना हो ।”

गत फागुनमा समेत विषाक्त खानाका कारण यहाँ पाँच डङ्गर प्रजातिका गिद्ध मरेका थिए । प्रकृतिको कूचीकारको रुपमा रहेको लोपोन्मुख प्रजातिको गिद्ध संरक्षण गर्नु सबैको कर्तव्य भएको चौधरी बताउनुहुन्छ । यस विषयमा गम्भीर भएर सोच्न सरोकारवाला सबैलाई उहाँले आग्रह गर्नुभयो । गाईबस्तुलाई दुखाइ कम गराउन खुवाइने प्रतिबन्धित औषधि तथा स्याल मार्न प्रयोग गरिने विषादीका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ ।

गिद्ध मृत भेटिएको केरुङ्गे खोलाबाट नजिकैको दूरीमा गिद्ध संरक्षण गर्न निर्माण गरिएको पिठौलीको जटायु रेष्टुरेन्टसमेत पर्दछ । यस क्षेत्रमा ठूलाठूला सिमलका रुख रहेकाले गुँड बनाउन र बस्न गिद्धका लागि उक्त ठाउँ उपयुक्त रहेको छ । रासस