२० माघ २०८१, आईतवार
,
Latest
ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु… ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपः नेपालले भारतसँग खेल्दै



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा छ । यद्यपि, बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन भने नेपाललाई सहज छैन । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाल साविक उपविजेता हो भने भारत साविक विजेता । त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । पहिलो खेलमा नेपालले कुवेतसँग ३–१ ले पराजित भएको थियो । यता, भारतले पाकिस्तानविरुद्ध ४–० गोलको सहज जित निकालेको थियो ।

समूह ‘ए’मा रहेको नेपाल अंक विहीन रहँदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन । भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपालले हालसम्म भारतसँग २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यस संस्करणको साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागिता रहेको छ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएका हुन् ।