२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका पालिकालाई रु ७ अर्ब १८ करोड सङ्घीय बजेट



अ+ अ-

झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ  नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ । 

अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड ७१ लाख, कन्काईलाई रु ५८ करोड १८ लाख, गौरादहलाई रु ४८ करोड ५१ लाख, दमकलाई रु ७० करोड १७ लाख, बिर्तामोडलाई रु ७० करोड १७ लाख, भद्रपुरलाई रु ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई रु ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई रु ३४ करोड ८६ लाख, कचनकबललाई रु। ३८ करोड ८७ लाख, झापालाई रु ३४ करोड ८४ लाख, बाह्रदशीलाई रु ३४ करोड १८ लाख, बुद्धशान्तिलाई रु ३५ करोड७६ लाख र हल्दिवारी गाउँपालिकालाई रु ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ । रासस