७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी

चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी
अ+ अ-

बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वर, पीपल चौतारी संरक्षण, वर, पीपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिने बताउनुभयो ।

“सबै वडा, टोल र बस्ती सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीलाई प्रोत्साहन गरिनेछ । यस कार्यलाई प्रतिस्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्वन गरिनेछ । वन क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई बन्देज गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

सडक निर्माण, भवन निर्माणलगायतका सार्वजनिक संरचना निर्माण गर्दा पौराणिक चौतारी, पोखरी र वर, पीपलका रुख अतिक्रमण हुने गरेका थिए । भएकालाई जोगाउने र नभएको ठाउँमा बनाउनका लागि प्रोत्साहन गर्ने नीति जैमिनीले बनाएको हो ।

नगरले ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण र सम्वद्र्धन थाल्ने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका देवालय, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

“प्रसिद्ध जैमिनी धाम, थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, हाडिकोट क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तिढुङ्गा, पुतली गरा छिस्ती, कमल जैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सती मन्दिर जैदी, रिठे डाँडा, कोट, मर्नास टाँपु, नागढुङ्गा र जनै मन्तर्नी पोखरीजस्ता आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानीलगायतका खानी निर्मित सुरुङ जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिइनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारले नगरको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनी नगरपालिकाभित्र रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक महत्व झल्कने ‘जैमिनी सांस्कृतिक गान’को निर्माण गरी प्रचारप्रसार गरिने नगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा स्थापित एवं प्रदेशस्तरमा समेत पहिचान बनाउन सफल भजन समूह एवं रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु तथा जैमिनी मेला, माघेसङ्क्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडिकोट मेला र पुरानो गाउँ मेलालगायतका धार्मिक, सामाजिक तथा सांस्कृतिक मेला पर्व तथा महोत्सवलाई थप व्यवस्थित एवं प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्ने नीतिमा उल्लेख छ । रासस