२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसाममा बाढीको त्रास: बजालीका १९६ गाउँका २ लाख ६१ हजार मानिस प्रभावित



अ+ अ-

आसाम। आसामको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ । यस जिल्लाका १९६ गाउँका करिब दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्।

पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन् ।बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप(डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ ।

अर्कोतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौं घर बगाएको छ । प्रभावित गाउँलेहरू अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन् ।

बाढीले बजली जिल्लाको २९७ दशमलव ३० हेक्टर बाली डुबानमा परेको जनाएको छ । अर्कोतर्फ आसामको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्याएको छ ।

आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ ।