२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिव्वत सरकारद्वारा सहयोग पहिलो भेरो सेल खोप त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण



अ+ अ-

काठमाडौं । हिमालय एअरलाइन्सले तिव्वत सरकारद्वारा नेपाललाई अनुदान सहयोग दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गरेको छ । हिमालय एअरलाइन्सको 319-115 9N-AGK एयरबसले यहि जेठ १८ र १९ गते गरी तिव्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्ने भएको हो । 

हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्ने भएको छ । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्ने जनाइएको छ । निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट हिजो साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी आज विहान ०६ः२८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १९२,०००।– अर्थात् नेपाली रुपैंयाँ करिब रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पुर्‍याउनेछ । “कोभिड–१९ महामारी विरुद्ध लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पुर्‍याउन हिमालय एअरलाइन्स तथा सम्वद्घ समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्र्यि संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।” निशुल्क कार्गो उडानबारेबारे आफ्नो प्रतिक्रिया दिदै हिमालय एअरलाइन्सको अध्यक्ष झो एन्योङ्गले भन्नुभयो ।

हिमालयले आफ्ना यात्रुवाहक तथा कार्गोवाहक उडानहरु अत्यन्तै उच्चतहको उडान सुरक्षा मापदण्ड पालन गरि सञ्चालन गरेको जनाएको छ । कोभिड–१९ खोपको सुरक्षित पारवहनका लागि हिमालय एअरलाइन्सको व्यवस्थापनले सुरक्षित हवाई कार्गो परिवहनका पालना गरिनुपर्ने सबै आवश्यक मापदण्डहरु पूरा गरेको पनि पुष्टि गरेको छ । 

परिवहन गरिने खोपको सुरक्षाका लागि एअरलाइन्स्ले अत्यन्तै सुव्यवस्थित लोडिङ्ग र ओसार–प्रसारका विधिहरु समेत अवलम्वन गरेको छ । “कोभिड–१९ संक्रमणको दोस्रो महामारीका समयमा हिमालयले राष्ट्र सेवामा पुर्‍याएको यो सानो, तर महत्वपूर्ण योगदान हो । विपद्का वखतमा हिमालय जहिले पनि नेपाली जनता र सरकारका साथ रहन्छ,” खोपको पहिलो खेप काठमाडौ आइपुग्दा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।