२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्दो क्रममा, प्रतितोला कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घट्दो क्रममा रहेको छ।

गत मंगलबारदेखि आरालो लागेको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा एक सातामा प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला सात सय रुपैयाँले घटि एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोे थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो उक्त सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला प्रतितोला २५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।