५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँचको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौँ । गोरखाको शहीद लखन गाउँपालिकामा बिहीबार राति जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै १३ जनाको राति नै उद्धार गरिएको छ ।

गाउँपालिकाको वडा नं ५ ताक्लुङस्थित सिलिङ र डाँडबारीबीचमा पर्ने अमलडाँडामा जन्ती बोकी फर्कने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेहरुको उपचारका लागि तनहुँका आबुखैरेनी पठाइएको थियो ।

गाडी सडकभन्दा करिब दुई सय मिटर तल खसेको प्रहरीको भनाइ छ । कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा समस्या भएको प्रहरीको भनाइ छ ।