१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाइने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टीमा विवाद समाधानका लागि गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताउनुभयो । अहिले वार्ता टोली क्रियाशील नरहेको उहाँको भनाई छ ।

वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको उहाँले बताउनुभयो ।

वार्ता टोलीमा रहनुभएका माधव नेपाल पक्षको संयोजक रहनुभएका भीम रावल साधारण सदस्यबाटै निष्कासित हुनुहुन्छ । जसकारण दुवै पक्षबीच भएका वार्तामा उहाँबाहेकका नेताहरु बस्ने गरेका छन् ।