१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको निधन



अ+ अ-

धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  कोभिड-१९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको गोलबजार-७ की ५५ वर्षीया महिला रहेकी छन् । 

उनी सोमबार बेडबाट लडेर घाइते भएकी थिइन् । सुगर बढेपछि अस्पताल भर्ना गरिएकी उनमा जेठ १३ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा सारिएको थियो।

मृतकका ज्वाइँले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । सामान्य अवस्थामा भर्ना भएकी बिरामी बेडबाट लडेर घाइते हुने अवस्था आउनुले लापरबाही भएको उनको भनाई छ । 

घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, सिसिटिभी फुटेज हेर्न पाउनुपर्ने र कसरी बिरामी बेडबाट लडे र उपचार कसरी भयो भन्ने स्पष्ट पारिनु पर्ने उनको माग छ । 

आफन्तले आफ्ना माग पूरा भएपछिमात्र शव बुझ्ने बताएका छन् ।