• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ ★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

विश्वकप छनोट : नेपाल र वेस्ट इन्डिज भिड्दै



 

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले बलियो वेस्ट इन्डिजको सामना गर्दैछ । दिउँसो १२ः४५ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जीत निकाल्दै सुपर सिक्सको सम्भावना जोगाउने दाउमा हुनेछन् ।

नेपालले २ खेलमध्ये एकमा जीत निकाल्दै दुई अंकका साथ तेस्रो स्थानमा छ भने वेस्ट इन्डिज एक खेलमा जीतका साथ दोस्रो स्थानमा छ । समूह चरणमा घरेलु टोली जिम्बाबे दुबै खेलमा जीत निकाल्दै पहिलो नम्बरमा छ ।

समूहमा नेपालसहित जिम्बाबे, बेस्ट इन्डिज, नेदरल्याण्ड, अमेरिका छन् । जसमध्ये शीर्ष तीन टोली सुपर सिक्समा जानेछन् । नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो ।