• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका–९ बस्ने ५८ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ५५ वर्षीय राजु गुरुङ घाइते भएका छन् । उनलाई आँबुखैरेनी अस्पताल उपचारका लागि पठाइएको छ ।