• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

कोहलीको सम्पत्ति हजार करोड बढी, एउटै इन्स्टाग्राम पोस्टबाट कमाउँछन् १४ करोड



एजेन्सी । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीको सम्पत्ति १००० करोड पुगेको छ । ३४ वर्षिय कोहलीको सम्पत्तिलाई लिएर यो खुलासा स्टक ग्रो कम्पनिले गरेको हो । रिपोर्टका अनुसार इन्स्टाग्राममा २५३ मिलियन फलोअर भएका कोहलीको नेटवर्थ १०५० करोड रुपैयाँ (भारु) छ ।

भारतीय पूर्व कप्तान कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ‘ए प्लस’ श्रेणीमा स्थान दिएको छ । कोहलीले सम्झौता अन्तर्गत बीसीसीआईबाट वार्षिक ७ करोड रुपैयाँ पाउँछन् । यसबाहेक बीसीसीआईले उनलाई टेस्टका लागि १५ लाख, ओडीआईका लागि ६ लाख र टी–२० खेल खेलेबापत ३ लाख दिन्छ ।

कोहली इन्डियन प्रिमियर लिग (आईपीएल)रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को सदस्य हुन् । आरसीबीले उनलाई वार्षिक १५ करोड भारु दिन्छ । कोहलीको मुम्बई र गुरुग्राममा घर छ । मुम्बईमा रहेको घरको मूल्य ३४ करोड र गुरुग्राममा रहेको घरको मूल्य ८० करोड रहेको छ । कोहलीसँग ३१ करोडको लक्जरी कारको कलेक्सन छ ।

सामाजिक सञ्जालको कुरा गर्ने हो भने कोहलीले इन्स्टाग्राममा एउटा पोस्टको लागि ८.९ करोड भारु (१४.२४ करोड रुपैयाँ) लिन्छन् । योसँगै उनले ट्वीटरमा प्रति पोस्ट २.५ करोड भारु लिन्छिन् । कोहलीको इन्स्टाग्राम अकाउन्टमा २५ करोड (२५ करोड ३० लाख) भन्दा बढी फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी पहिलो एसियाली पनि हुन् ।

कोहलीले ब्रान्ड एन्डोर्समेन्टबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् । कोहलीले क्रिकेटबाट जति कमाइ गर्छन्, त्योभन्दा चार गुणा बढी कमाइ एन्डोर्समेन्ट, ब्रान्ड एन्डोर्समेन्ट र स्टार्टअपबाट गर्छन् । उनले ब्लू ट्राइब, युनिभर्सल स्पोर्ट्सबिज, एमपीएल र स्पोर्ट्स कन्भोलगायत सात स्टार्टअपमा लगानी गरेका छन् । उनले १८ भन्दा बढी ब्रान्डहरू समर्थन गर्छन् । कोहलीले हरेक विज्ञापनका लागि वार्षिक ७.५० देखि १० करोड रुपैयाँ लिने गर्छन् ।