• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

जहाँ प्रचण्ड, त्यहाँ विश्वासको बलियो आधार



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जहाँ प्रचण्ड त्यहाँ विश्वासको बलियो आधार निर्माण हुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रचण्ड सहभागी कार्यक्रममा सहमतिका दुई सुखद समाचार भएको भन्दै प्रधानमन्त्री प्रचण्ड भएको स्थानमा सहमति, सहकार्य र एकताको ढोका खुल्छ भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको उल्लेख गर्नुभएको छ।

तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डको रोहबरमा विभिन्न समूहमा विभाजित गैरआवासीय नेपाली संघबीच बालुवाटारमा सहमति भई एनआरएन एकढिक्का भएको छ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी लगायतका शक्तिबीच समाजवादी मोर्चा निर्माणमा सहमति जुटेको छ।

उहाँले लेख्नुभएको छ, “जहाँ प्रचण्ड, त्यहाँ विश्वासको बलियो आधार निर्माण हुन्छ, सहमति, सहकार्य र एकताको ढोका खुल्छ भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ।”