१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली उत्पादनले भाउ नपाएपछि कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा



अ+ अ-

काठमाडौं । उचित मूल्य नपाएको भन्दै  कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानहरूले गोलभेँडा फालेका छन्।

४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएपछि किसानहरुले आज बिहान गोलभेडा फालेर आन्दोलन गरेका हुन् ।

कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा ब्रिकी भइरहदा नेपाली गोलभेँडा भने ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।

नेपाली उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाउदा किसानले तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।