५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयका कर्मचारी आन्दोलित, मेयर शाहको चेतावनी



अ+ अ-
काठमाडौँ । विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासिनता देखाएको छ । विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरुको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरु यस पटक पुनः आन्दोलनमा होमिएका छन् ।
उनीहरु जेठ २० गतेदेखि चरणबद्ध रुपमा राजधानी केन्द्रित आन्दोलनमा छन् । आन्दोलन अन्तर्गत नै उनीहरु जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसनमा छन् । नेपाल विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले आफूहरुको माग सम्बोधन नभए आइतबारदेखि सबै सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो ।
विद्यालय कर्मचारी सहायकका लागि रु ३६ हजार ७३०, विद्यालय सहयोगीका लागि रु २६ हजार २१० तलब सुनिश्चित गर्नुपर्ने, कर्मचारीलाई दरबनदीमाग समायोजन गरी स्थायी बनाउनुपर्नेलगायतका माग छन् । गत वर्ष पनि सोही माग लिएर आन्दोलनमा उत्रिएका कर्मचारीले सरकारसाग केही सहमति गरेर आन्दोलनबाट फिर्ता भएका थिए । सोही सहमति अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको माग सम्बोधन गर्ने बुँदा उल्लेख गरेको थियो । तर आगामी आर्थिक वर्षको बजेटमा यो विषय समावेश गरिएन । मुलुकभर ३५ हजार ६८ जना कर्मचारी सामुदायिक विद्यालयमा कार्यरत छन् ।
‘सरकारसँग सहमति गर्दागर्दै थाकिसक्यौँ, हरेक पटकको आन्दोलनमा सहमति हुन्छ तर कार्यान्वयन हुँदैन’, उहाँले भन्नुभयो, ‘थुप्रै साथीहरु उर्वर उमेरमा विद्यालयमा काम गर्दागर्दै उमेर हदका कारण रित्तो हात लिएर घर गइसक्नुभएको छ । कमसेकम सरकारले गरेको बाचा पूरा गरेको भए यस्तो अवस्था आउने थिएन ।’
पछिल्लो समय संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविछिन्न कार्यरत विद्यालयका कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिष्पर्धाको प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुनबमोजिम शिक्षकसरहको सेवासुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्नेलगषयतका माग पनि कर्मचारीले राखेका छन् ।
मेयर शाहको चेतावनी
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षक तथा कर्मचारीलाइ पदबाट हटाउने चेतावनी दिनुभएको छ ।
कर्मचारीले आइतबारदेखि मुलुकभरका सामुदायिक विद्यालय बन्द गराउने चेतावनी दिएपछि प्रमुख शाहले शनिबार शिक्षक तथा कर्मचारीलाई चेतावनी दिँदै आफ्नो फेसबुकमार्फत चेतावनी दिँदै काठमाडौँ महानगरपालिका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिलाई सम्पूर्ण विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देश गर्दछ ।
साथै विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्याएमा शिक्षक, कर्मचारी तथा कर्मचारीलाई पदबाट हटाउने, विद्यालय व्यवस्थापन समितिलाई बिघटन गरिने तथा बल प्रयोग गर्न खोज्नेलाई नियन्त्रणमा लिएर फैजदारी मुद्दा चलाइने चेतावनी दिनुभएको छ ।