९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

बजेट सच्याएर ल्याउन सरकारसँग अध्यक्ष लिङ्देनको माग

बजेट सच्याएर ल्याउन सरकारसँग अध्यक्ष लिङ्देनको माग
file
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गर्नु भएको छ ।

बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उहाँको भनाई थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढने बताउनु भयो । अध्यक्ष लिङदेनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो छलफलमा सत्ता पक्षले समर्थन गर्ने र विपक्षले विरोध गर्ने । अन्तत्वगत्वा कमा, फुलिष्टव पनि चेन्ज नहुने । जे छ ताकि ठोक्ने अगाडि बढने भन्ने कुरा आईराखेको थियो । सत्ता पक्षीय साथीहरुको पनि दुईटा प्रवृत्ति देखियो । एकथरी साथीहरुको हाम्रो भन्दा बढि रुवाबासी । बजेटमा पहुँच पु¥याउने सत्तापक्षको यो बजेट सबैभन्दा सुन्दर छ भन्ने । सत्तापक्षबीचको पनि विभाजन अहिले यसो देखियो । मेरो यसपाली बजेट परेन भनेर धेरै गुनासो छैन । भनिनै सक्नु भएको छ मन्त्रीले । अलिकति नदेखिने गरी आफ्नोमा बेसी हाल्ने नै हो । आफ्नो सरकार भएको बेला आफ्नो ठाउँमा हाल्नेनै हो भन्या छ । त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ । यहाँ परेन भनेर भन्नुको अर्थ छैन । तर बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गईराखेको छ । त्यसमा खास गरेर सत्तापक्षले हामीले बारम्बार भ्रष्टाचारको विरोध गर्दा, काम भएन भनेर भन्दा, पहिलेको भन्दै काम कम भयो भन्दा पहिलेको भन्दा भ्रष्टाचार कम भयो, पहिलेको भन्दा बढि बाटो बन्यो भनेर साथीहरुले जो भनिराख्नु भएको छ । त्यो भए अब हामी पछाडि फर्कने ? भन्ने जस्तो कुरा गरिराख्नु भएको छ ।

तर मैले के भन्छु भने जुन प्रवृत्ति विकसित भईराखेको छ । त्यसले तपाईहरुले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ । केन्द्रबाट बाटोको लागि छुट्टयाईने बजेट १ लाख, २ लाख पनि हुने । यसले कस्तो संघीयता ल्याईराखेको छ ? कस्तो संघीयता बनाईराखेको छ ? देशमा । यही हो त तपाईहरुले ल्याउनु भएको संघीयता ? २० किलोमिटर बाटोको लागि ७० लाख रुपैयाँ, ५ लाख रुपैयाँ, २ लाख रुपैयाँ पनि छुट्टयाउनु भएको छ । एक लाख पनि छुट्टयाउनु भएको छ । त्यसमा शुन्य थपिदिएर कतिपय साथीहरुले मेरोमा एक करोड प¥यो, २० करोड प¥यो भनेर हाल्दै थिए । यस्तो बुद्धि मन्त्रीजीलाई कसले दियो ? यस्तो यस्तो कनिका छर्ने ज्ञान कहाँबाट आयो ? सचिवहरुलाई मन्त्रीको मुख्य सल्लाहकार भनिन्छ । सचिवले दिएको ज्ञान हो कि ? पार्टीले दिएको ज्ञान हो कि ? आफैंलाई आएको ज्ञान हो कि ? मैले फेरी पनि भन्छु–यो जुन प्रवृत्ति विकसित भएर गईराखेको छ नि ।

हामीमा सुधारको कुनै संकेत देखिदैन । यसलाई कुनै आवरणले ढाकपोछ गरेर हुन्न फेरी । अहिले भ्रष्टाचारको विरोध ग¥यो भने तिम्रो पालामा थिएन ? तिम्राहरुले चाँही गरेका थिएनन ? भनेर भन्ने । अस्ती चाँही बाटो बनेका थियो त ? अहिले कम छ ? अव यसरी ढाकछोप गरेर हुन्न । हामीले सुधार गरेर जानुपर्छ । अस्ती भएन भनेर अहिले नगर्न पाईन्न के ? अस्ती अरुले चोरेका थिए भनेर हामीले चोर्न पाईन्न के । हामीले राम्रो गरेर जानु पर्छ । हामी कसैले प्रतिपक्षले अथवा सत्ता पक्षकै कसैले गलत कुरा औंल्यायो भने त्यो पछाडि फर्कन खोजेको अर्थ लगाएर त्यसलाई ढाकछोप गर्न भएन । हामीले यो गलत भयो । यो कनिका छर्ने काम भयो भनेर भन्यौ भने पछाडि फर्कन भनेको होइन । अगाडि जानका लागि भनेको हो । सुधार गरेर जानका लागि भनेको हो । यसै त सिलिङ घटी राखेको छ । आयोजनाहरुको संख्या किन बढाउनु प¥यो ? राष्ट्रिय गौरवको आयोजना भनेर केही आयोजनाहरु सूचिकृत गरिएका छन ।

तिनमा अर्बौ बजेट छुट्टयान्छ । तर, तिनले आधा पनि काम गर्दैनन । तर तपाईले ५ करोड कहीँ दिँदाखेरी त्यो आयोजना नै सम्पन्न हुनेवाला छ । हजारौं मानिस लाभान्वित हुनेवाला छन । त्यहाँ तपाई ५ लाख पठाउनु हुन्छ । तपाईको प्राथमिकता, योजना छनौंटको तरिका के हो ? यो देखिन्छ । तपाईले अहिले लोभ गरेर आफ्नो निर्वाचन क्षेत्रमा अर्वको कुरा गर्दिन, ४० करोड, ५० करोड जो राख्नु भएको छ नि एउटा बाटोमा । अर्को साल पनि हामी यहीँ भेट हुन्छौं । विल भर्पाई सकेर गर्नु भयो भने त मलाई केही भन्नु छैन । तर ती बाटो बन्दै बन्दैन । अहिलेको ठेक्का प्रणालीबाट त्यो काम गर्नै सक्दैन । त्यसकारण व्यवहारिकता पनि हेर्नु प¥यो । तर, फेरी पनि भन्छु–सचिवहरुले तपाईलाई फसाउन लागेकि क्या हो ? यो फसाउनका लागि गरिएको हो । अहिले देख्दाखेरी पनि अझ तपाईहरुले अबण्डामा पैसा राख्नु भएको छ । माननीय देवेन्दजीले भन्दै हुनुुहुन्थ्यो–अलि मिलाएर राख, लुकाएर राख, नदेखिने गरेर राख । आफ्नो क्षेत्रमा त गर्नै प¥यो भनेर भन्नु भएको छ । राख्नु भएकै छ अबण्डामा तपाईहरुले पैसा । केही दिन पछि रकमान्तर गर्नु हुन्छ । निर्णयबाट खर्च गर्नु हुन्छ । अहिले देखिने गरी नै छ । नदेखिने गरी होइन । त्यसकारण अहिले म भन्छु–यो सच्याउनुस् । हारजितको कुरा होइन ।

अघिल्लो पटक पनि मैले भनेको छु–यो बजेटमा संशोधन गरियो भने यसले नोक्सान हुँदैन । सत्तारुढ दलका नेताहरु बसेर बजेटमा संशोधन गर्ने निर्णय गर्नु भयो भन्दा, संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन ग¥यौ भन्दाखेरी कसैले हारेको हुँदैन । एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ । संसदको गरिमा पनि रहन्छ । नत्र भए यो निरन्तर रुपमा चल्छ । तपाईहरुले के–के व्यवस्था भन्नु भएको छ । त्यो व्यवस्थालाई असफल पार्न यसैले मद्दत गर्दछ । जबसम्म सच्चिनु हुन्न, सच्चिन तयार हुनुहुन्न । हाम्रो एउटा बाटो नबन्ला । १÷२ साल ढिलो होला । पाएको बेला बनाउँला । दुःख गरौला । केही फरक पर्दैन । तर जनताले हेरिराखेको हुन्छ । त्यो किलोमिटरको तथ्यांक देखाएर अहिलेको जनता मान्नेवाला छैन ।’

अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले लोभ गरेर आफ््नो पक्षमा पारेको बजेट खर्च हुने अवस्था नरहेको जिकीर समेत गर्नु भयो ।