४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुम्या पर्वको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा महत्त्वपूर्ण प्रेरणा दिन सकोस् भन्ने कामना गर्नुभएको छ । मगर समुदायले आज सो पर्व मनाउँदैछन् ।