२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा सरकारले बेवास्ता गर्यो: दामोदर भण्डारी



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानून निर्माण गर्न पनि सरकारले बेवास्ता गरिरहेको बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो दावी गर्नु भएको हो ।

सांसद भण्डारीले नेपाल आयोग निगमजस्तो संस्थासमेत कानूनको अभावमा गठन आदेशको भरमा चलिरहेको उल्लेख गर्दै त्यसमा पनि सरकारले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले सरकारले एलपी ग्याँसमा दिएको अनुदानमा गरिवलाई प्राथमिकता दिन नसकेको स्पष्ट पार्नु भयो । सांसद भण्डारीले सरकारले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको विकासमा कुनै प्राथमिकता नदिएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘आज यहाँ एउटा लगानीकर्ताले जग्गा किनेर उद्योग संचालन गर्ने अवस्था छैन । त्यसैले औद्योगिक क्षेत्रको विकासका लागि उद्योगको प्रवद्र्धन गर्नका लागि, लगानीमैंत्री वातावरण निर्माणका लागि आज कानूनको अभाव छ ।

हामी कहिले कानून निर्माण गर्छौं । यो कुरामा पनि उद्योग मन्त्रालय सरकार पूर्ण रुपमा बेवास्ता गरिरहेको छ । कुनै ठोस नीति, कार्यक्रम र योजना आउन सकिरहेको छैन । हामी आज नेपालका आयल निगमजस्तो संस्था अत्यावश्यक सेवा प्रदान गरिरहेको छ । तर, यो आयल निगमजस्तो संस्था आज गठन आदेशबाट संचालन भएको छ । कुनै ऐन निर्माण गर्न सकिरहेको छैन । किन ? सरकारसँग इच्छा शक्ति नभएर हो ? आज आयल निगमबाट संचालित एलपी ग्याँस आज आभारभूत जनताले त्यही मूल्यमा पाईरहेका छन । सरकारले दिएको अनुदान आज ठूला घरानाले पनि त्यही मूल्यमा पाईरहेका छन । र, राज्यले एउटा सिलिण्डरमा झण्डै साँढे ३ सय रुपैयाँ अनुदान दिएको छ । यसरी नेपालको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र आज तहसनहस छ । सरकारको कुनै प्राथमिकतामा रहेन । त्यसैले अहिलेको यो सरकारको नीतिप्रति आफ्नो असहमती जाहेर गर्दछु ।’

सांसद भण्डारीले सरकारले प्रस्तुत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शिर्षकप्रति असहमती जनाउँदै खर्च कटौतिको प्रस्ताव गर्नु भयो ।