६ श्रावण २०८३, बुधबार
,
Latest
नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज समाजवादी मोर्चा घोषणा नहुने



फाईल फाटो
अ+ अ-

काठमाडौँ । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो ।

सत्ताधारी नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले मोर्चा गठन गर्ने बताएका थिए । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) , विप्लव नेतृत्वको नेकपा मोर्चामा सहभागी हुने निश्चित छ ।

मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लाई पनि सामेल गर्ने प्रयास भइरहेको बुझिएको छ । डा भट्टराईले बृहत् समझदारीसहित मोर्चामा आफ्नो पार्टी सामेल हुने भन्दै बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गर्नुभएको छ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार दलहरुको आन्तरिक तयारी नपुगेकाले आज मोर्चा घोषणा नहुने भएको हो । उहाँले अझै एक–दुई दिन लाग्ने नै जस्तो देखिएको जानकारी दिनुभयो ।

मोर्चाबारे छलफल गर्न शुक्रबार बिहान एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकसमेत बसेको थियो । बैठकमा सो पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल अनुपस्थित भएकाले औपचारिक निर्णय भएन । यद्यपि मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको नेता खतिवडाले जानकारी दिनुभयो ।