५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँ कायम भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।