१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ: हरिकृष्ण कार्की



अ+ अ-

काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ ।

शुक्रवार संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो । उहाँले उक्त प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामी जुडिसियल एकेडेमीलाई प्रोफेसनल बनाउने र त्यो जुडिसियल एकेडेमीमा न्यायाधीशहरुको एउटा कोर्स नै डेभलप गर्ने र त्यो न्यायाधीशको कोर्ष गरेको मान्छेमात्रै न्यायाधीश हुनसक्ने व्यवस्था गर्दैछौँ । त्यसले न्यायाधीशको योग्यता, क्षमत, निष्ठा, इमान, त्यो तालिममा सबै कुराहरु समावेश हुन्छन् । त्यस्तोमा मिनिमम प्रतिशत ल्याएरको व्यक्ति मात्रै न्यायाधीश हुनसक्ने प्रणाली विकास गर्नसक्यो भने अहिले भएका न्यायाधीशमा उठ्ने गरेका प्रश्नहरुको ५० प्रतिशत समाधान त्यहीँबाट निस्किन्छ । बाँकी ५० प्रतिशत व्यवहारबाट गर्नेकुरा हो । त्यसबाट हामी अघि बढ्नुपर्छ भनेर हामीले थ्रि सिएल्स एकेडेमीले जजेज कोर्षको एकेडेमी तयार गर्दैछ । यसले न्यायाधीश नियुक्तिमा ठूलो फड्को मार्नेछ ।’

कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताउनु भयो । आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेशा छोडेर बाहिरिन तयार रहेको बताउनु भयो ।