२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम आलेलाई पर्यटनमन्त्रीको चेतावनीपूर्वक जवाफ– बारुदको पहाडमा उभिएर सलाई नखेलाउनू



अ+ अ-

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले नेकपा एसका सांसद प्रेम आलेलाई चेतावनीपूर्वक जवाफ दिदै बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भनेका छन्।

विहिबार प्रतिनिधिसभाको बैठकमा पूर्वपर्यटनमन्त्री आलेले किरातीलाई ‘स्टन्ट मन्त्री’ को संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमार्फत चेतावनीपूर्वक जवाफ फर्काएका हुन् । सदनमा बोल्दै आलेले अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा प्रवेश गरेको र त्यसलाई मन्त्री किरातीले संरक्षण दिएको आरोप लगाएका थिए ।

‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू’, किरातीले फेसबुकमा लेखेका छन् ।