७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्षा गरियो – राजकिशोर यादव



अ+ अ-

काठमाडौँ । सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित रुपमा नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,“ बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ । मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेशलाई किन उपेक्षा र विभेद गरिएको हो ?”

छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताउनुभयो ।

“ बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षरोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि मन्त्रालय र विभागमा निवेदन दिएको थिए । तर दुई वटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतिक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ”, उहाँले भन्नुभयो, “कस्को सुझावमा आउछ बजेट रु यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?”