३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० लाखभन्दा बढी आम्दानी भएरपनि कर नतिरेकाहरुको कर असुल गर्न राजस्व विभागको निर्देशन



अ+ अ-

काठमाडौं ।आन्तरिक राजस्व विभागले ४० लाख वा सो भन्दा बढी आम्दानी भएरपनि कर नतिरेकाहरुको पहिचान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

विभागले पत्र जारी गर्दै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय सबैलाई कर उठाउन निर्देशन दिएको हो।

विभागले आईटीएस’ प्रणाली सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख रुपियाँभन्दा बढी आय भएको तर विवरण पेश नगरे पहिचान गर्न आईटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म ई–टीडीएस एभो ४० लाख रुपियाँ समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था गरेको छ ।

विभागले उक्त प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकरको अग्रिम करकट्टी न्युन गरेको देखिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । ‘प्राकृतिक व्यक्ति कोही कलेज पढाउँने होलान तिनले अरु विभिन्न ठाउँमा पनि काम गरेका हुन्छन् ’ उनले भने ।