१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० लाखभन्दा बढी आम्दानी भएरपनि कर नतिरेकाहरुको कर असुल गर्न राजस्व विभागको निर्देशन



अ+ अ-

काठमाडौं ।आन्तरिक राजस्व विभागले ४० लाख वा सो भन्दा बढी आम्दानी भएरपनि कर नतिरेकाहरुको पहिचान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

विभागले पत्र जारी गर्दै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय सबैलाई कर उठाउन निर्देशन दिएको हो।

विभागले आईटीएस’ प्रणाली सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख रुपियाँभन्दा बढी आय भएको तर विवरण पेश नगरे पहिचान गर्न आईटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म ई–टीडीएस एभो ४० लाख रुपियाँ समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था गरेको छ ।

विभागले उक्त प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकरको अग्रिम करकट्टी न्युन गरेको देखिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । ‘प्राकृतिक व्यक्ति कोही कलेज पढाउँने होलान तिनले अरु विभिन्न ठाउँमा पनि काम गरेका हुन्छन् ’ उनले भने ।