७ श्रावण २०८३, बिहीबार
,
Latest
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ।

निधि निवास नयाँबानेश्वरमा बिहिबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो। बिपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका थिए।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसंगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने बिषयमा पनि कुराकानी भएको थियो।
यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिदैं नेता निधिले दुई देशबीच भएका सम्झौता शिघ्रातीशिघ्र कार्यान्वयन हुने बिश्वास व्यक्त गरेका थिए। राजदूत खनानले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिएका थिए।

नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स निर्माणको लागि समझदारी भएर नेपालले त्यसको लागि ठाउँहरु उपलब्ध गराएको थियो।