२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: बजेटसम्बन्धी दुई अध्यादेश जारी



अ+ अ-

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० जारी गर्नुभएको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

प्रदेश सरकारले कानूनी उल्झन आउने जोखिम देखेपछि बिहीबार नै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले प्रदेशसभाको चालु वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसक्नुभएको छ । बुधबार आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खापुङले प्रस्तुत गर्नुभएको थियो ।