• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु



काठमाडौँ ।प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको सामूहिक छलफल हुने बताउनभुयो ।

प्रतिनिधिसभाको यसअघिका बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सम्पन्न भएको थियो । सरकारले यही जेठ १५ गते संसद्मा आगामी आवको बजेट प्रस्तुत गरेको थियो ।