२६ श्रावण २०८३, मंगलवार
,
Latest
काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला आठ सय रुपैयाँले घटेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएकोे थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। वुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।