२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाउने तयारी



अ+ अ-

काठमाडौँ । आज विहान मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा मुख्यसचिव नियुक्त गर्ने तयारी भइरहेको छ ।

हालका मुख्यसचिव शंकरदास बैरागीलाई राजदूत बनाउने र प्रधानमन्त्री कार्यालयमा कार्यरत डा बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरिएको हो । बैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

अर्याललाई गत गैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यसअघि अर्यालले वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलगायतमा काम गरिसक्नुभएको छ ।

अर्याल हालका सबैभन्दा वरिष्ठ सचिव समेत हुनुहुन्छ । सचिवका रुपमा अर्यालको कार्यकाल आगामी असार ४ गतेसम्म मात्रै छ । सोभन्दा अघि नै अर्याललाई मुख्यसचिव बनाउने तयारी गरिएको हो ।