७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधान्यायाधीश कार्की समितिमा उपस्थित हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि आज बोलाएको छ । बुधबार समितिमा उजुरीकर्तामध्ये सात जनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीलाई आज बिहान ८ बजे समितिमा उहाँलाई बोलाइएको छ । समितिमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नुहुनेछ । उहाँलाई उजुरीउपर पनि प्रश्न गरिनेछ ।

समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनुहुनेछ । समितिको अनुमोदनसँगै उहाँलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।। हाल उहाँ कामु प्रधानन्यायाधीश हुनुहुन्छ । कार्कीविरुद्ध समितिमा २९ वटा उजुरी परेको थियो ।