६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधान्यायाधीश कार्की समितिमा उपस्थित हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि आज बोलाएको छ । बुधबार समितिमा उजुरीकर्तामध्ये सात जनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीलाई आज बिहान ८ बजे समितिमा उहाँलाई बोलाइएको छ । समितिमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नुहुनेछ । उहाँलाई उजुरीउपर पनि प्रश्न गरिनेछ ।

समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनुहुनेछ । समितिको अनुमोदनसँगै उहाँलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।। हाल उहाँ कामु प्रधानन्यायाधीश हुनुहुन्छ । कार्कीविरुद्ध समितिमा २९ वटा उजुरी परेको थियो ।