९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

मौलिकता गुमाउँदै घान्द्रुक

मौलिकता गुमाउँदै घान्द्रुक
अ अ+ अ-

गण्डकी । विसं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्नुुहुन्थ्यो । गाउँको तल विद्यालय थियो । उहाँ विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका हुन् ? कसैलाई पत्तो थिएन । पहिलोपालि आएका पर्यटक घान्द्रुकका लागि नौला थिए ।

उतिबेला घरगाउँमा कोही नचिनेको मान्छे आयो भने ‘जासुसी गर्न’ आएको भनेर शङ्काको दृष्टिले हेरिन्थ्यो । विदेशी आउने क्रम बढेपछि शिक्षक गुरुङले सोधखोज गर्न थाल्नुभयो । अनि थाहा भयो, उनीहरु त घुमफिरका लागि आएका पर्यटक पो रहेछन् । त्योबेला घान्द्रुकमा होटल, रेष्टुराँको कल्पना नै थिएन ।

पर्यटकले खाने र बस्ने ठाउँ खोज्दै हिँडेको देखेपछि उहाँले आफ्नै घरमा लैजान थाल्नुभयो । “घरमा जे पाक्छ उनीहरु त्यही खान्थेँ, सामान्य कोठामा सुत्थे”, शिक्षक गुरुङले विगत कोट्याउनुभयो, “गाउँका अरुले राख्न मानेनन्, मैले राखेँ, अङ्ग्रेजी भाषाको अलिअलि ज्ञान भएकाले पनि मलाई सजिलो भयो ।”

व्यापार गर्ने नभई घरमा आएका पाहुनालाई सेवा–सत्कार गर्ने संस्कार गुरुङहरुमा थियो । शिक्षक गुरुङले पनि सुरुसुरुमा त्यसै गर्नुभयो । “विदेशीलाई राखेर यतिउती पैसा लिनुपर्छ भन्ने हामीलाई थाहा नै थिएन, न हाम्रो संस्कारमा पथ्र्यो”, उहाँले भन्नुभयो, “हाम्रो आतिथ्यताबाट खुसी भएर उनीहरु आफैँले केही पैसा छाडेर जान्थे ।”

विस्तारै शिक्षक गुरुङको घरमा बास बस्न आउने पर्यटकको सङ्ख्या बढ्दै गयो । अरु गाउँलेले पनि पर्यटक भेटेपछि शिक्षककै घरमा पठाउन थाले । “घान्दु्रक आएका पर्यटकलाई पहिलोपटक घरमै राखेर सेवा दिएको हामीले नै हो”, उहाँले सुनाउनुभयो, “पछि मैरे नाता पर्ने कुलबहादुर गुरुङले घान्द्रुकमा पहिलो होटल खोल्नुभयो ।”

पर्यटकलाई लक्ष्य गरी खोलिएको उक्त होटलको नाम फिस्टेल थियो । जुन अहिले बन्द छ । विसं २०२७ तीर फिस्टेल होटल खुलेपछि अर्को वर्ष शिक्षक गुरुङले कोटगाउँमा होटल अन्नपूर्ण खोल्नुभयो । उहाँले कान्छोबुबाको घरमा होटल चलाउनुभएको थियो । पछि त्यही घर किनेर विसं २०५० सम्म अन्नपूर्ण कै नाममा होटललाई निरन्तरता दिनुभयो ।

अठहत्तर वर्षीय शिक्षक गुरुङ अहिले पनि होटल व्यवसायमा हुनुहुन्छ । चौहत्तर वर्षीया श्रीमती बेलकुमारीको दरिलो साथ पनि रहँदै आएको छ । गुरुङका छोरा मिलन भने सपरिवार बेलायत बस्छन् । विसं २०५० पछि छोराको नाममा मिलन होटल चलाउँदै आउनुभएको छ, गुरुङ दम्पत्तीले । “पहिलेको भन्दा अझ राम्रो भ्यू प्वाइन्ट भेटाएपछि होटल त्यहीँ बनायौँ, नाम पनि नयाँ राख्यौँ”, उहाँले भन्नुभयो ।

विसं २०५० मै शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि गुरुङले पुरै समय होटललाई दिन थाल्नुभयो । झण्डै ५४ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उहाँलाई घान्द्रुक कै पहिलो पर्यटन व्यवसायीका रुपमा चिनिन्छ । घान्द्रुकको पर्यटनको कुरा गर्दा शिक्षक गुरुङको नाम जहिल्यै पनि अघि आउँछ ।

“मैले होटल सुरु गर्दा बाटोको छेउमा बसेर के गरेको होला भनेर मान्छेले भन्थे”, उहाँले भन्नुभयो, “कमाइ हुन्छ भन्ने थाहा पाएपछि पछि गाउँका अरु पनि होटल व्यवसायमा लागे ।” विसं २०४०/२०४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले । पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यकारूपमा देशीविदेशी माझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की १ भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ ।

घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । “विदेशीले यहाँ सडक नल्याउनू, ठूला सुविधासम्पन्न होटल पनि नखोल्नु भन्थेँ”, शिक्षक गुरुङले सुनाउनुभयो, “तर जमानाअनुसार चल्नुपर्ने व्यवसायीलाई पनि बाध्यता छ, अहिले ठूल्ठूला भवन बने, गाउँमा मोटरबाटो पनि आयो ।”

सडकले पदमार्ग भत्केका छन् । पर्यटक धूलो–हिलो सहँदै सडकबाटै पर्यटक हिँडेका भेटिन्छन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार । पहिलेपहिले घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै थिए । अहिले घान्द्रुक विस्तारै कङ्क्रिटले ढाकिँदैछ ।

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको धारणा व्यक्त गर्नुुभयो । “यो विषय हामी सबैलाई महशुस भएको छ, नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “कतिपय व्यक्तिले पुराना र जीर्ण घरलाई पनि संरक्षण गर्न थालेका छन् ।”

मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि सङ्कटमा पर्ने स्थिति देखिएको स्वयं पर्यटन व्यवसायीले बताए । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले घान्द्रुकमा बनिरहेका ठूल्ठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको बताउनुभयो । “हुन त व्यवसायीको पनि बाध्यता होला, जग्गा अभाव भएका कारण धेरै तला थपेको हुनसक्छ”, उहाँले भन्नुभयो, “पक्कै हो घान्द्रुक पहिले जस्तो छैन, परम्परागत घर धेरै हटिसके ।”

स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उहाँको भनाइ थियो । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापूछ«े हिमशृङ्खलाको दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ । देशविदेशसम्म चिनिएको गन्तव्य भएकाले घान्द्रुकको एकीकृत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड थियो । घान्द्रुकको पर्यटन प्रवर्द्धनका लागि समितिले बर्सेनि अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गर्दै आएको छ ।

स्थानीयवासी धनसुबा गुरुङले ढुङ्गामाटाले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको बताउनुभयो । “काठ किराले खायो भन्छन्, सिमेन्टका अग्लाअग्ला घर बनिरहेका छन्, यस्तै छ खै कस्लाई के भन्ने”, उहाँले भन्नुभयो, “गाउँमा खेतीपाती गर्ने पनि छैनन्, सबै बजारको ल्याएर खानुपर्छ ।” डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ । केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन् ।

गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका गीतनाच पनि लोपन्मुख अवस्थामा पुगेका छन् । पर्यटक लोभ्याउने घरबास विस्तारै खस्किँदै जान थालेका छन् । कतिपयले घरबासलाई होटलमा परिणत गरिसकेका छन् । स्थानीय उत्पादन नभएपछि घरबासमा पनि बजारकै परिकार पाक्छन् ।

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले घान्द्रुकमा आयोजित पर्यटन महोत्सवमा पहिचान नमेटिने गरी भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभएको थियो । उहाँले घान्दु्रकको मौलिकता विस्तारै ह्रास हुँदै गएकामा चिन्तासमेत व्यक्त गर्नुभयो । “पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ”, मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन् । अठार वटा घरबास छन् । पर्यटकस्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । पर्यटकीय याममा एकैदिनमा दुईरतीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् । स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँचरछ घण्टाको पदयात्रामा घान्दु्रक पुग्न सकिन्छ । मोटरमा जाँदा एकरडेढ घण्टामै पुग्न सकिन्छ । रासस